सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि नेकपामा बैचारिक स्खलन आएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा सहाना प्रधानको पाँचौ स्मृति दिवसको अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता अगाडिदेखि नै आफूहरुमा बैचारिक स्खलन आएको र कम्युनिस्ट आर्दशबाट विचलित हुँदै गएको बताए।
उनले खु्ला र प्रतिस्पर्धाको राजनीतिमा प्रवेश गरेपछि र सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि आफूहरुमा थाहै नपाई विचलन आएको बताए। ‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश ग¥यौँ, शासन सत्तामा पुग्यौँ कता कता हामी आदर्श, विचार र निष्ठाबाट बिस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो’, अध्यक्ष प्रचण्डले भने, ‘नाम त अहिले पनि हाम्रो कम्युनिस्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त?’
उनले आफूहरुले समजवादको यात्राको सुरु गर्ने भने पनि समाजको योद्धा जस्ता छौँ त भनेर आफैँमाथि प्रश्न गरेका छन्। ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं, के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त?’, उनको प्रश्न थियो। उनले आफूहरु पद र प्रतिष्ठाका लागि लड्ने, त्यसलाई बचाउनका निम्ति जनतामा भेद गर्दै गइरहेका कांग्रेस र निरंकुशतावादी जस्तो बनेको बताए।
‘कम्युनिस्ट भन्दाखेरी लामो समयदेखि गरिब, उत्पीडित, न्याय, समानता, स्वतन्त्रता र आत्मसम्मानको निम्ति लडेका भन्दा जनताले हामीलाई माया गर्छन्, भरोसा गर्छन्’, उनले भने, ‘यसो व्यवहार र आचरण हेर्छन् त उस्तै उस्तै।’
सहाना प्रधानलाई सम्झँदै अध्यक्ष प्रचण्डले उनी निरंकुशता र राणाशाही, तानशाहीका विरुद्ध अफ्ट्याराहरुका बावजुद पनि निरन्तर संघर्ष गर्ने महिलालाई सम्मान गर्नुपर्ने बताए।
Shares
प्रतिक्रिया