समाज


१५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

१५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

नेपालखबर
असोज ५, २०७६ आइतबार ४:५२,

नेपाल प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

नेपाल प्रहरी कल्याण कोषको साउन २९ को निर्णयअनुसार किस्ताबन्दीमा सिनियर अधिकृत, जुनियर अधिकृत र सकल दर्जाका लागि अधिकतम ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो। कोषले सिनियर अधिकृतका लागि कार खरिद गर्न १५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।

याे ऋण १ सय २० किस्तामा १० वर्ष भित्र भुक्तान गर्नुपर्ने छ। यस्तै मोटरसाइकल खरिद गर्न २ लाख रुपैयाँ ४८ किस्तामा ४ वर्षभित्र भुक्तान गर्नुपर्ने छ। कोषले ट्रेड मिल, ल्यापटप, एलईडी टिभी र माइक्रो ओभन खरिदका लागि ऋण उपलब्ध गराउने जनाएको छ।

प्रहरी कल्याण कोषका लागि यो योजना आइतबारदेखि लागू हुने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad