कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले महिलाले लगाउने झन्डै ७ लाख रुपैयाँ मूल्यका भित्री वस्त्र बरामद गरेको छ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका साढे ४ हजार थान महिलाका भित्री वस्त ब्रा, कपिलवस्तु प्रहरीले शनिबार साँझ बरामद गरेको हो।
कपिलवस्तु मायादेवी गाउपालिका–४, चाकरचौडाबाट २ वटा साइकलमा २ वटा बोरामा ल्याउँदै गरेका ब्रा ३८० पोका (एक पोकामा एक दर्जन) शनिबार साढे ६ बजेतिर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। ल्याउने मानिस भने प्रहरीलाई देख्नासाथ फरार भएको जनाइएको छ।
उक्त भित्री वस्त्रको ६ लाख ८४ हजार रुपैयाँ मूल्यांकन गरिएको छ। सामान भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया