समाज


बेनीमा खोला गाउँ पस्यो, दुई बालिका बेपत्ता, पाँच घर बगायो

बेनीमा खोला गाउँ पस्यो, दुई बालिका बेपत्ता, पाँच घर बगायो

नेपालखबर
असोज ५, २०७६ आइतबार ४:२२,

म्याग्दीको बेनीमा बाढीले घर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्।

शनिवार राति स्थानीय कोटखोलामा आएको बाढीले बेनी नगरपालिका–२ बगरफाँटका पाँच घर बगाएको छ।

मध्यराति बाढी आउँदा स्थानीयको भागाभाग भएको थियो।

बाढीले घर बगाउँदा ६ र १० वर्षका दुई बालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए।

बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

बाढीले माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति पुगेको छ।

एक्कासी उर्लिएर आएको बाढीबाट बच्न भागाभाग गर्ने क्रममा दुई बालिका बेपत्ता भएका माया परियारले बताइन्।

बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीमा पनि क्षति पुर्याएको विद्यालयका प्रबन्ध निर्देशक राजकुमार थापाले बताए।

बाढीमा बेपत्ता दुई बालिकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।

रातको समयमा भएको भीषण बर्षापछि आएको बाढीले खोलाले धार परिबर्तन गर्दा गाउँमा क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad