ad ad

समाज


एनआरएनए युकेको अध्यक्षमा पुनम गुरुङ विजयी

एनआरएनए युकेको अध्यक्षमा पुनम गुरुङ विजयी

प्रजय शुक्ल
असोज ४, २०७६ शनिबार १३:२४,

गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ युके अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्।

यही सेप्टेम्बर १४ तारिखमा सम्पन्न निर्वाचनबाट आफना प्रतिद्वन्दी शेर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै गुरुङ एनआरएन युकेको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी हुन। यसअघि गुरुङ पहिले गैर आवासीय नेपाली संघ एनआरएन युकेको उपाध्यक्ष थिइन्।

मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङले ४५५१ मत प्राप्त गरेकी थिइन् भने प्रतिद्वन्दी सुनारले ४३४८ मत प्राप्त गरेका थिए।

यस्तै उपाध्यक्षमा प्रेम गाहामगर र सुनिलबाबु खड्का, महिला उपाध्यक्षमा रोजिना प्रधान राई विजयी भएका छन्। यस्तै स्कटल्याण्डबाट उपाध्यक्षमा मोहन कार्की विजयी भए।

त्यस्तै महासचिवमा फडिन्द्र भट्टराई,सचिवमा जित रानाभाट र कोशलेश्वर ढकाल, महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका र सह कोषाध्यक्षमा शकुन्तला गुरुङ, युवा संयोजकमा नवीन गुरुङ र महिला संयोजकमा प्रसुना कँडेल विजयी भएका छन्।

सदस्यमा सरस्वती केस, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा.सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ, र ज्ञानेन्द्र आले मगर विजयी भएका छन्।

आईसीसी सदस्यमा लीलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएका छन्।

त्यसैगरि इंल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ उपाध्यक्षमा लालबहादुर गुरुङ र सचिवमा गोबिन्द शर्मा खरेल विजयी भएका छन्।

कोषाध्यक्षमा ध्रुवहरी बास्कोटा, सह कोषाध्यक्षमा चन्दन गुरुङ र सदस्यमाहरुमा बन्दना केसी, मोहन ओली, प्रकाश न्यौपाने र सिताकुमारी पन्त विजयी भएका छन्।

निर्वाचन समितिका अनुसार १३ हजार ६ सयभन्दा बढी मतदाता रहेको एनआरएनए युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान भएको थियो। मतदान क्षेत्रहरु अल्डरसट, हयारो, रेडिङ, प्लमस्टिड, बर्मिङघम, लेस्टर, बेजिङस्टोक, आसफोर्ड, कार्डिफ, एडिनवरा, बेलफास्ट र स्वीन्डनमा गरी जम्मा ९ हजार २ सय ५३ मत ९ मत खसेको निर्वाचन समितिले जनाएको छ।

मत गणनमा विवाद उत्पन्न भएपछि गणना बिहीबारबाट मात्र शुरु भएको थियो। गैरआवासीय नेपाली संघका शाखामध्ये युके सबैभन्दा ठूलो शाखाको हो। गैरआवासीय नेपाली संघको १५ देखी १७ सम्म हुने विश्व सम्मेलनको तयारी स्वरुप अहिले विश्वभरका शाखामा निर्वाचन भैरहेको छ।

अध्यक्षमा निर्वाचिचत भएपछि गुरुङले बेलायतबासी सम्पूर्ण नेपालीलाई सहयोगको लागि धन्यवाद दिइन्। उनले आफूलाई विश्वास गरेर मत खसाल्ने सबैको हितको पक्षमा काम गर्ने बताइन्।

निर्वाचित महासचिव फडिन्द्र भट्टराईले विजयीको लागि सहयोग गरेकोमा आम बेलायत बासी नेपालीहरुलाई धन्यवाद दिँदै प्रवासमा बस्ने लाखौं नेपालहरुको पक्षमा आफू लागिपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .