Draft


नेकपाको ललितपुर महानगर अध्यक्ष मन्जली शाक्य, वीरगञ्जमा रोहवर अन्सारी

नेकपाको ललितपुर महानगर अध्यक्ष मन्जली शाक्य, वीरगञ्जमा रोहवर अन्सारी

नेपालखबर
असोज ४, २०७६ शनिबार १४:२०,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको ललितपुर महानगर समिति अध्यक्षमा मन्जली शाक्य र वीरगञ्ज अध्यक्षमा रोहवर अन्सारी चयन गरेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले छ वटा महानगरमा अध्यक्ष र सचिव मनोनयन गरेको हो।

सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार काठमाडौँमा निर्मल देउला अध्यक्ष र रवीन्द्र श्रेष्ठलाई सचिवमा मनोनयन गरेको छ भने ललितपुर महानगरमा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव भएका छन्।

पोखरा महानगरमा दीपक पौडेल अध्यक्ष र विश्वप्रकाश लामिछाने सचिव मनोनयन भएका छन् भने भरतपुरमा रामप्रसाद न्यौपाने अध्यक्ष र ईश्वर सापकोटा सचिव भएका छन्।

वीरगञ्जमा रोहवर अन्सारी अध्यक्ष र विश्वम्बर शर्मा सचिव मनोनयन भएका छन् भने विराटनगरमा सागर थापा अध्यक्ष र हेम कार्की सचिव बनेका छन्।

प्रवक्ता श्रेष्ठले एकताका बाँकी काम अर्को बैठकले टुंग्याउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .