समाज


काठमाडौंसहित केही स्थानमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौंसहित केही स्थानमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

नेपालखबर
असोज १, २०७६ बुधबार १:३७,

आज (बुधबार) पनि देशभरजसो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले देशैभर मौसम भएकाे बदली छ भने काठमाडौंसहित केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर वर्षा हुने सम्भावना देखिएको उनले बताइन्। पश्चिम र मध्य क्षेत्रका धेरै स्थानमा र पूर्वका थोरै स्थानमा वर्षा हुने उनको अनुमान छ।

साथै आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीले बताइन्।

‘पूर्वदेखि पश्चिमसम्मकै केही स्थानमा भारी वर्षाको सम्भावना छ,’ नेपालखबरसँग उनले भनिन्, ‘तैपनि विशेषगरी काठमाडौं, बारा, पर्सा, रूपन्देही, मकवानपुर, सल्यानमा भारी वर्षाको सम्भावना बढी छ।’

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ : देशका मध्य र पश्चिमका धेरै स्थान तथा पूर्वका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने साथै देशका थोरै स्थानहमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने तथा नदीहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।

केही दिनदेखि मनसुन सक्रिय भएका कारण देशभर बदली तथा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad