खेल


च्याम्पियन्स लिग: साविक विजेता लिभरपुल पहिलो खेलमै स्तब्ध

च्याम्पियन्स लिग: साविक विजेता लिभरपुल पहिलो खेलमै स्तब्ध

नेपालखबर
असोज १, २०७६ बुधबार १:४२,

८२औं मिनेटमा ड्रिस मार्टिन्स र ९२औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै नेपोलीलाई विजयी सुरुवात दिलाएका हुन्।

एन्ड्रिउ रोबर्टसनले पेनाल्टी बक्समा जोसेे कालेहनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा मेर्टिन्सले गोल गर्दै इटालिन क्लब नेपोलीलाई अग्रता दिलाएका थिए।

पूर्व टोटेनहमका फरवार्ड लोरेन्टेले भिर्गिल भान डाइकको गल्तीको फाइदा उठाउँदै इञ्जुरी समयमा दोस्रो गोल गरे।

जितसँगै समूह नेपोलीले समूह ‘ईं’ मा ३ अंक जोडेको छ। लिभरपुल अंकविहीन छ। यही समूहको अर्काे खेलमा अस्ट्रियाको साल्जवर्गले बेल्जियन क्लब गेन्कलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad