समाज


सीटीईभीटीमा कर्मचारी आन्दोलन

सीटीईभीटीमा कर्मचारी आन्दोलन

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १५:४५,

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् राष्ट्रिय कर्मचारी सङ्गठनका कर्मचारीले विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन्।

सङ्गठनको संस्थागत हकहित र कर्मचारीहरुको वृत्ति विकासका सवालमा व्यवस्थापनसँग मौखिक र लिखित माग राख्दै आजदेखि कर्मचारीले सीटीईभीटीमा धर्ना दिएका छन्।

राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष तेजबहादुर खत्रीले व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि मागहरुको सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको बताए। उनले परिषद् र व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण गर्दै अल्टिमेटम दिएर विभिन्न चरणमा गरिएको छलफलमा हाम्रो जायज मागलाई पूरा नगरेकाले बाध्य भएर आन्दोनमा उत्रिएको बताए।

चाँडै नै हाम्रो माग पूरा नभए सीटीईभीटीअन्तर्गतका ४७ वटा र केन्द्रका ६०० कर्मचारीका साथ थप आन्दोलनलाई प्रभावकारी बनाउने उनले बताए।

सङ्गठनका महासचिव नारायण सुवेदीले व्यवस्थानलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि हाम्रो जायज मागहरु पूरा गर्न आलटाल गरेकाले अझ आन्दोलनलाई सशक्त बनाएर अघि बढ्ने बताए।

हाम्रो मागको सम्बोधन गर्न ढिलाइ भएमा चरणबद्ध रुपमा आन्दोलनलाई प्रभावकारी बनाउने सङ्गठनका उपाध्यक्ष सोस्थानी हमालको भनाइ छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले सबै मागहरु जायज भएको बताउँदै केही मागहरु पूरा भइसकेको र केही मागहरु पूरा हुन बाँकी भएको बताए। उनले पूरा हुन बाँकी मागहरु व्यवस्थापन समितिको छलफलपश्चात मात्र सम्बोधन हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad