कारोबार


नागरिक लगानी कोषले २२ प्रतिशत सेयर लाभांश दिने

नागरिक लगानी कोषले २२ प्रतिशत सेयर लाभांश दिने

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १५:४१,

नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२ प्रतिशत सेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ।

कोषको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।

साधारणभाले आर्थिक वर्ष २०७४/७५ को आयव्ययसमेत पारित गरेको छ। साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले आव २०७४/७५ को प्रतिवेदन पेश गरे।

कोषले हालसम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमको बारेमा जानकारी दिँदै उनले कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पूँजी बजार सेवा, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप असूली, लगानी नीति २०७५ को बारेमा बताएका थिए।

उनले आम नागरिकलाई समेट्ने गरी नयाँ बचत कार्यक्रम ल्याउन कोष क्रियाशील रहेको रहेको र लगानी नीति २०७५ ले कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाएको उल्लेख गरे।

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषलाई थप व्यावसायिक र पारदर्शी बनाएर लैजाने बताए। सभाले लेखापरीक्षको प्रतिवेदनसहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad