महोत्तरीको भंगहा नगरपालिका–५ मा गए राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी सरदारलाई गोबन सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए।
राति करीब सवा १० बजे बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले बताए।
मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ।

प्रतिक्रिया