ad ad

समाज


अमेरिका–इरान तनावबीच अस्ट्रेलियाका नागरिक इरानमा पक्राउ परे

अमेरिका–इरान तनावबीच अस्ट्रेलियाका नागरिक इरानमा पक्राउ परे

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ८:३३,

इरानको राजधानी तेहरानमा पश्चिमाहरुलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको पछिल्लो घटनाको रुपमा ती अष्ट्रेलियाली नागरिकहरु पक्राउ परेका हुन्।

थुनामा राखिएका ती तीन जनाका परिवारलाई अष्ट्रेलियाली विदेश मन्त्रालयले कन्सुलर सेवा प्रदान गरिरहेको एएफपीले जनाएको छ।

अष्ट्रेलियाले आफ्ना नागरिकको रिहाइका लागि प्रयास थालेको छ। तर उनीहरुलाई इरानमा कुनै अभियोग लगाएर थुनिएको हो वा होइन भन्ने बारेमा भने अष्ट्रेलियाले केही बताएको छैन।

बेलायती संचारमाध्यमले दुई जना बेलायती महिलालाई तेहरानमा थुनामा राखिएको भनी समाचार सार्वजनिक गरेलगत्तै यी तीन जना अष्ट्रेलियालीलाई पनि नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएको हो।

अष्ट्रेलियाली प्रसारण संस्था एबिसी ब्रोडकास्टरले ती दुई जना महिलामध्ये एकजनाका अष्ट्रेलियाली केटासाथी पनि तेहरानको एक थुनामा रहेको जनाएको समाचारमा उल्लेख गरिएको छ।

अष्ट्रेलियाले यसै हप्ताको सुरुमा नै इरानको भ्रमण नगर्न अथवा गर्नै पर्ने भएमा भ्रमणको औचित्य पुष्टि गरेर मात्र भ्रमण गर्न भन्दै आफ्ना नागरिकहरुलाई सूचना जारी गरेको थियो।

अष्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको मात्र नभएर इराक र अफगानिस्तानको पनि भ्रमण नगर्न भनेको थियो।

पछिल्लो समयमा अमेरिकाले नेतृत्व गरेको गल्फ सैन्य मिसनमा अष्ट्रेलियाले पनि सहयोग गर्ने जनाएको छ। अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले गत महिना अमेरिकी नेतृत्वको उक्त सैन्य समूहमा अष्ट्रेलिया पनि सहभागी हुने र गल्फ मिसनमा योगदान गर्ने प्रतिक्रिया दिएका थिए।

पछिल्लो समयमा अमेरिका र इरानबीचको सम्बन्ध बिग्रिएको छ। यसका कारण अमेरिकालाई सहयोग गर्दै आएका उसको समूहका देशहरुलाई पनि इरान र इराकले तारो बनाउने गरिएको पाइएको छ।

यसै कारणले हालैका दिनहरुमा अमेरिकालाई सहयोग गरिरहेका पश्चिमा देशका नागरिकहरु इरान र इराकमा असुरक्षित बन्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .