काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा तीन जना महिलाका करिब १३ लाख रुपैयाँको गहना चोरी भएको छ।
नरेफाँटमा डेरा गरी बस्ने काभ्रे बनेपाकी एलिसा सिग्देल, शोभा सापकोटा र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ की स्मृति गौतमको कोठाबाट शनिबार बेलुका नगद तथा विभिन्न सुन र चाँदीका गहना गरी करिब १२ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया