राजनीति


सेनाका वीरगाथा र संघर्ष म्युजिअममा राख्न आग्रह

सेनाका वीरगाथा र संघर्ष म्युजिअममा राख्न आग्रह

नेपालखबर
भदौ २२, २०७६ आइतबार १३:२७,

सैनिक एकल महिला तथा घाइते परिवार संघले दोहोरो सेवा सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाईते परिवारको हित विपरित सो निर्णय मन्त्रिपरिषद बैठकबाट भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न सरकारसँग माग गरेकी हुन्।

आइतबारबाट काठमाडौंमा सुरु भएको संघको राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै उनले वीरगति प्राप्त गरेका सैनिकहरुको वीरगाथालाई समेटेर म्युजियम स्थापना गर्न नेपाली सेनाको पनि गम्भिर ध्यानाकर्षण गराइन्। नेपाली सेनाले द्धन्द्धकालमा भोगेका संघर्षहरुको गाथा पनि सो म्युजियममा राख्न सके नेपाल सरकार र नेपाली सेनाको पनि गौरवको विषय हुने संघको भनाई छ।

संस्थापक अध्यक्ष थापाले नेपाली सेनाको ईज्जत, प्रतिष्ठामाथि आँच आउने गतिविधि संघबाट नहुने पनि पटकपटक दोहो-याइन्।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले प्रक्रिया पु-याएर राखेका कुनै पनि माग पूरा गर्न सरकार तत्पर रहेको बताए। उनले सैनिक एकल महिला तथा घाईते परिवारलाई सेवा, सुविधा थप गर्ने काममा नेपाल सरकार लागि परेको पनि स्मरण गराए।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनामा आवद्ध रहेका पीडितहरुको समस्या समाधानका लागि आफूले आवश्यक परे मन्त्रिपरिषद बैठकबाट पनि निर्णय गराएर कार्यान्वयनमा लैजाने दृढता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad