काठमाडौं महानगर ३ धापासीकी एक वृद्धाको सुनको सिक्री हिँडिरहेकै बेला लुटिएको छ। सडक किनारामा उभिरहेको अवस्थामा लुटेरा समूहले उनको दुई तोलको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ।
बूढानीलकण्ठ नगर ९, सुकेधारास्थित ओम कोलोनीमा सडकमा हिँडिरहेको क्रममा मोटरसाइकलमा आएका दुई जनाले लुटपाट गरेको हो। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। उनीहरु पक्राउ पर्न सकेका छैनन्।

प्रतिक्रिया