समाज


सेना, सशस्त्र र विप्लवकाे संयुक्त ग्याङ लुटपाटमा परिचालन

सेना, सशस्त्र र विप्लवकाे संयुक्त ग्याङ लुटपाटमा परिचालन

नेपालखबर
भदौ २२, २०७६ आइतबार ८:१८,

 काठमाडाैं माछापाेखरीबाट  शनिबार साँझ हतियारसहित पक्राउ परेकाे आठ जनाकाे समूह सेना, प्रहरी र विप्लव समूहसँग सम्बन्धित रहेकाे खुलेकाे छ। प्रहरीका अनुसार याे समूहले रसुवाबाट भित्रिने सुन लुट्ने याेजना बनाइरहेकाे थियाे। 

प्रहरीले याे समूह विप्लव माओवादीकाे लुटेरा 'स्क्वाड' हुनसक्ने जनाएकाे छ। काठमाडौं महानगर १६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाइनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलोसहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टाेलीले शनिबार साँझ पक्राउ गरेको थियाे।

भिडियाे हेर्नुहाेस्: 

पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २९ वर्षीय राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका ७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका ४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका १० का २५ वर्षीय धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका ५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका ४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका ५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका ६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २८ वर्षीय राजन तामाङ रहेका छन्।

pestol 111

याेर्साङ घले विप्लवका लडाकु हुन् भने कुशल अधिकारी सेनाका भगाैडा हुन्। त्यस्तै युवराज भण्डारी सशस्त्र प्रहरी जवान हुन्। घले समूहका नाइके रहेकाे खुलेकाे छ। एसपी अशाेक सिंहका अनुसार बरामद दुवै हतियार नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयाेग गर्छ। उनीहरू बाैद्धकाे एउटा घर लुटपाटकाे याेजनामा समेत रहेका थिए। तर त्यसलाइ विफल बनाएकाे एसपी सिंहले बताए।

 

प्रहरीका अनुसार बर्दघाटका याेगेश बिकलाइ माछापाेखरीकै हाेटल मुस्ताङमा लुटेपछि याे समुहकाे खाेजी सुरू भएकाे थियाे। परिसरकाे विशेष टाेलीले क्लाेज सर्किट क्यामरामा देखिएकाे तस्बिरका आधारमा याे समुहका एकजनालाई सुरूमा र पछि उनकै सूचनापछि थप पक्राउ परेका थिए। 

बिक बिरामी बुवाकाे उपचारका लागि काठमाडाैंमा थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad