समाज


टुँडिखेलमा यसरी भूम्या नाचे उर्जामन्त्री पुन (भिडियो)

टुँडिखेलमा यसरी भूम्या नाचे उर्जामन्त्री पुन (भिडियो)

नेपालखबर
असार १, २०७६ आइतबार १४:३०,

ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ काठमाडौंको टुँडिखेलमा आइतबार आयोजना गरिएको भूम्या पर्वको विशेष कार्यक्रममा सहभागीसँग नाचे।

मगर समुदायले टुँडिखेलमा हर्षोल्लासका साथ आयोजना गरेको भूम्या विशेष कार्यक्रमका प्रमुख अतिथि मन्त्री पुनसँगै विशेष अतिथि पूर्व सभामुख ओनसरी घर्ती, प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, अमृता थापा, अञ्जना विसंखे पनि नाचेका थिए।

खासगरी रुकुम र रोल्पा जिल्लामा मनाइने यो पर्व मगर समुदायको एउटा मुख्य पर्व हो। कार्यक्रममा मगर संस्कृति झल्कने भेषभूषासहित नाचगान भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले नयाँ संविधानले सबै समुदायको हक सुनिश्चित गरेको भन्दै प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सबै समुदायको हितमा काम गर्न सरकार प्रतिवद्ध रहेको बताए।

प्रदेश र स्थानीय तहले समेत विभिन्न समुदायको अपेक्षा पूरा हुने गरि काम गर्नु पर्ने मन्त्री पुनले बताए।

pun4

pun3

pun2

pun5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .