समाज


तीनतले घरबाट खसेर भारतीय नागरिकको मृत्यु

तीनतले घरबाट खसेर भारतीय नागरिकको मृत्यु

नेपालखबर
भदौ २१, २०७६ शनिबार ३:४४,

भक्तपुर नगरपालिका-७ ग्वाछे टोलमा घरको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ।

स्थानीय गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तलाबाट खस्दा भारत घर भइ हाल काभ्रेको बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार अन्सारीको मृत्यु भएको हो।

बाँसको खट भाँचिदा तल खसेर दुईजना घाइते भएका थिए। घाइतेमध्ये अन्सारीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

भारत घर भई बनेपा बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .