समाज


नेपाल प्रहरीले विभिन्न कारबाहीबाट जेठ महिनामा संकलन गर्‍यो झण्डै ८७ करोड

नेपाल प्रहरीले विभिन्न कारबाहीबाट जेठ महिनामा संकलन गर्‍यो झण्डै ८७ करोड

नेपालखबर
असार १५, २०८३ सोमबार १२:२, काठमाडौँ

नेपाल प्रहरीले गएको जेठ महिनामा विभिन्न कारबाहीबाट झण्डै ८७ करोड रुपैयाँ संकलन गरेको छ। उक्त रकम राजस्वमा दाखिला गरिएको नेपाल प्रहरीले जनाएको छ। 

देशैभरी सञ्चालन गरिएका विभिन्न कारबाहीबाट प्रहरीले एक महिनामा ८६ करोड ९८ लाख १९ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको हो। 

यस अवधिमा अदालती फैसला कार्यान्वयनबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ, ट्राफिक कारबाहीबाट १२ करोड ९ लाख १० हजार १३१, सुनचाँदी बरामदबाट १ करोड ७५ लाख ८४३, भन्सार छलीको सामान बरामदबाट ४१ करोड ३७ लाख ३७ हजार ९१३, स्रोत नखुलेको रकम बरामदबाट ३ करोड ५९ लाख ३८ हजार ६१० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। 

त्यसैगरी नदीजन्य पदार्थको अवैध उत्खनन् सम्बन्धी कारबाहीबाट ८१ लाख ८९ हजार ६ रुपैयाँ, अवैध काठ बरामदबाट १ करोड २२ लाख ७६ हजार ९४३, अवैध पशुपंक्षी बरामदबाट ५४ दाख २१ हजार १६०, अवैध मुद्रा बरामदबाट १ करोड ४० लाख ३१ हजार ३४७ र हुण्डी करोबारबाट ४७ लाख लाख ९५ हजार रुपैयाँ संकलन भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad