समाज


ल्याब लिएरै बजार अनुगमन: बानेश्वरमा ‘रोज वाटर’ नष्ट, २२ तरकारी पास

ल्याब लिएरै बजार अनुगमन: बानेश्वरमा  ‘रोज वाटर’ नष्ट, २२ तरकारी पास

नेपालखबर
असार १५, २०८३ सोमबार १५:३७, काठमाडौँ

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले काठमाडौंका खाद्य सामाग्री अनुगमन परीक्षणलाइ तीब्र पारेको छ।  मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असार १४ गते उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरेको हो।

होटल तथा रेष्टुरेन्ट अनुगमन टोलीले काठमाडौँ महानगरपालिका–१०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा ‘कस्मेटिक ग्रेड’को ‘रोज वाटर’ खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि उक्त अखाद्य रोज वाटर तत्काल नष्ट गरेको थियो। सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

दोस्रो टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारबाट विभिन्न तरकारी तथा फलफूलका नमुना सङ्कलन गरी विषादी अवशेष परीक्षण गरेको थियो। परीक्षण गरिएका २२ वटा विभिन्न प्रकारका ताजा फलफूल तथा तरकारीको प्रतिवेदन खाद्य मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।

तेस्रो टोलीले भक्तपुरस्थित दुई डेरी उद्योगमा पनि अनुगमन गरी उत्पादन प्रक्रिया, सरसफाइ तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको छ। बजारलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय बनाउन मन्त्रालयको अनुगमन तथा नियमन अभियान अझ प्रभावकारी ढंगले निरन्तर सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad