समाज


आफ्नो पोर्न भिडियो खिच्नु भएको छ? होसियार, पोर्नहब पुग्ला!

आफ्नो पोर्न भिडियो खिच्नु भएको छ? होसियार, पोर्नहब पुग्ला!

जेम्स मेली
भदौ २०, २०७६ शुक्रबार ७:५३,

पोर्नहब विश्वको एक चर्चित पोर्न साइट हो। प्रायः पोर्नहबमा पोर्नस्टारहरुका भिडियो पाइन्छन्।

तर, पोर्नहबले ‘रिभेन्ज पोर्न’ अर्थात् बदला लिन वा मानहानी गर्नका लागि बनाइएका व्यक्तिगत भिडियो बेचेर पनि राम्रो आम्दानी गरिरहेको बीबीसीले जनाएको छ।

रिभेन्ज पोर्नमा पोर्नस्टारहरु समावेश हुँदैनन्। यसमा मानिसहरुले व्यक्तिगत रुपमा बनाएका भिडियो हुन्छन्। केहीले मनोरञ्जनका लागि आपसी सहमतिमा भिडियो बनाएका हुन्छन् भने
केहीले स्पाइ क्यामेराको माध्यमबाट सुनियोजित रुपमा यस्तो भिडियो बनाएका हुन्छन्।

सम्बन्धमा फाटो आएपछि मानिसहरुले यस्ता अश्लील भिडियो सार्वजनिक गर्दा यसले पुरुष र महिला दुवैको जीवनमा नकारात्मक असर पुर्याउँछ र पु¥यउँदै आएको पनि छ।

नाम परिवर्तन गरिएकी एक महिला सोफीले रिभेन्ज पोर्नको बारेमा बीबीसीसँग कुरा गरेकी छन्। सोफीको भिडियो पोर्नहबमा भेटिएको थियो। आफ्नो भिडियो पोर्नहबमा लाखौंले हेरेको पाएपछि उनी चकित बनेकी थिइन्।

आफ्नो व्यक्तिगत जीवनमा आँच पुगेको महशुस गरेपछि सोफीले पोर्नहबलाई त्यो भिडियो हटाउन आग्रह गरिन्। तर पोर्नहबले हटाउन मानेन।

नटयोरपोर्न अभियान चलाइरहेको समूहले रिभेन्ज पोर्नविरुद्धमा आवाज उठाउँदै आएको छ। उक्त समूहका अनुसार पोर्नहबका मालिक माइन्डगिकले रिभेन्ज पोर्नको माध्यमबाट ठूलो विज्ञापन र ठूलो पैसा कमाउँछन्।

पोर्नहबले भने आफू रिभेन्ज पोर्नका विरुद्धमा रहेको बताउँदै आएको छ। पोर्नहबले आफ्ना कम्पनीमा तथा पोर्न उद्योगमा रिभेन्ज पोर्नविरुद्धको नीति नै भएको उल्लेख गर्दै सोफीबाट कुनै इमेल नआएको प्रतिक्रिया जनाएको छ।

बीबीसीले प्रश्न गरेपछि यतिबेला सोफीको भिडियो खोजेर पोर्नहबले डिलेट गर्ने प्रयास गरिरहेको छ। यद्यपी धेरैपटक अपलोड भएको हुनाले सबै भिडियो डिलेट गर्न गाह्रो भइरहेको जनाइएको छ।

स्तब्ध भएँ र अपमानित महसुस गरेँ

सोफी १८ महिना अगाडि आफ्ना परिवारसँग बाहिर घुम्न गएकी थिइन्। कसैको म्यासेज अथवा कल आएको छ छैन भनेर उनले फोन हेर्दा आफ्नी बहिनीको प्रेमीको म्यासेज आएको पाइन।

त्यस म्यासेजमा उनको भिडियो पोर्नहबमा पाइएको खबर थियो। उनको एक भिडियो त शीर्ष १० मै परेको थियो।

उनले भनिन्,‘म त्यसबेला स्तब्ध भए, मैले अपमानित भएको महशुस गरे, मेरो व्यक्तिगत जीवनको गोपनियता उल्लंघन भएको थाहा पाए।’ सोफीले आफ्ना पूर्व प्रेमीसँग ६ वटा त्यस्ता भिडियो बनाएकी रहिछन्। तर उनले कसैलाई भिडियो सार्वजनिक गर्ने अनुमति दिएकी थिइनन्।

पूर्व प्रेमीसँगको ब्रेकअपको केही वर्षपछि त्यो भिडियो विश्वकै सबैभन्दा ठूलो पोर्नसाइट पोर्नहबमा पाउँदा उनी छाँगाबाट खसेझैँ भइन्। उनले जानकारी पाएको केही हप्तामै पोर्नहबलाई भिडियो हटाउन आग्रह गरिन्। पोर्नहबमा उनका ६ वटा भिडियो सय पटकभन्दा बढी अपलोड भएका रहेछन्।

उनले बीबीसीसँग पोर्नहबले भिडियो हटाउने कुनै अग्रसरता नदेखाएको आरोप लगाएकी छन्। उनले प्रहरीमा पोर्नहबविरुद्ध र पूर्व प्रेमीविरुद्ध मुद्दा हालिन। यद्यपी अहिलेसम्म कुनै कारवाही अगाडि बढेको छैन।

नटयोरपोर्न अभियानकी केट आइज्याकका अनुसार रिभेन्ज पोर्न पोर्नहबमा खुबै हेरिने सामाग्रीमा पर्दछ। धेरै हेरिने भएकाले त्यस्ता भिडियोमा विज्ञापनदाताहरु पनि विज्ञापन दिनका लागि लालाहित छन्। त्यसैकारण पोर्नहबले रिभेन्ज पोर्नलाई बढावा दिएको नटयोरपोर्न अभियानको अरोप रहेको छ।

परिवारमा परेको असर

जब सोफीले आफ्नो पोर्न भिडियो अनलाइनमा भेटिन त्यतिबेला उनी नयाँ प्रेम सम्बन्धमा थिइन्।

प्रेमीले पनि पोर्नहबको भिडियो देखेर आफूलाई हाँसोको पात्रमात्र सम्झिएको उनको भनाइ छ।

सोफीको किशोरी छोरी पनि छिन्। छोरीलाई समेत यस घटनापछि ठूलो मनोवैज्ञानिक असर पुगेको उनी बताउँछिन्।

समाजशास्त्रीहरुका अनुसार आप्mनै श्रीमान् र श्रीमतीबीच पनि अश्लील भिडियो खिच्न हुँदैन। विश्वासका नाममा प्रेमी पे्रमीकाहरुले यस्ता भिडियो मनोरञ्जनका लागि बनाउने गर्दछन्। तर, यो सार्वजनिक हुँदा यसको असरको सामना गर्ने सामथ्र्य उनीहरुसँग हुँदैन।

त्यसैले यस्ता भिडियो नबनाउन नै विज्ञहरु सल्लाह दिन्छन्। बीबीसीबाट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad