रितले ७२ बलमा आफ्नो अर्धशतक प्रहार गरेका हुन्। त्यसक्रममा उनले चार चौका प्रहार गरे। समग्रमा रित ५४ रन बनाइ आउट भए। ८६ बल खेलेक उनले ४ चौका प्रहार गरे।
गत असारमा मलेसियामा भएको एसीसी पूर्वी क्षेत्रीय प्रतियोगितामा रितले सिंगापुरविरुद्ध १ सय १५ रनको नटआउट पारी खेलेका थिए। त्यो यू-१९ स्तरमा नेपाली खेलाडीले प्रहार गरेको पाँचौं अन्तर्राष्ट्रिय शतक समेत थियो।
रितले प्रहार गरेको उक्त शतक यू-१९ क्रिकेटमा नेपाली क्रिकेटरले चार वर्षपछि प्रहार गरेको शतक थियो। यसअघि तत्कालिन यू-१९ टिमका कप्तान राजु रिजालले २०७२ असोजमा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोटमा युगान्डाविरुद्ध १०१ रनको पारी खेलेका थिए।
रित नेपालको उमेर समूहका छुट्टा छुट्टै २ टिमबाट शतक प्रहार गर्ने एक्लो खेलाडी समेत हुन्। उनले २०१७ मा नेपालको यू-१६ टिमबाट एसिसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा म्यानमारविरुद्ध नटआउट १०६ रनको पारी खेलेका थिए।
नेपालको यू-१९ टिमबाट शक्ति गौचन, कनिष्क चौगाई, फैजरुल रहमान खान र राजु रिजालले शतक प्रहार गरेका छन्।
यू-१९ क्रिकेटमा नेपालका लागि पहिलो शतक शक्ति गौचनको नाममा छ। उनले सन् २००१ मा काठमाडौं भएको खेलमा माल्दिभ्सविरुद्ध १०० रन जोडेका थिए। २००३ मा कनिष्क चौलागाईंले यू-१९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका थिए। उनले पाकिस्तानको कराँचीमा भएको खेलमा माल्दिभ्सविरुद्ध नै १ सय २५ रन जोडेका थिए।
यस्तै २०६७ मा फैजरुल रहमान खानले थाइल्यान्डमा भएको एसीसी यू-१९ एलिट कपमा ओमानविरुद्ध ९९ बलमा १ सय १ रन बनाएका थिए।
यो पनि: नेपाल, जिम्बाबे र सिंगापुरबीच त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय हुने
यू-१९ मा नेपाल र श्रीलंका अहिलेसम्म ४ चोटी आमने सामने भएका छन्। सबै खेल श्रीलंकाले जितेको छ।
२००० मा पहिलो पटक नेपाल यू-१९ विश्वकपमा श्रीलंकासँग भिडेको थियो। त्यसबेला श्रीलंकाले ९ विकेटको जित हात पार्यो।
यस्तै २००८ र २०१२ मा भएको यू-१९ विश्वकपमा नेपाल क्रमश: ६७ रन र ८ विकेटले पराजित भएको थियो।
अन्तिम पटक भने नेपाल २०१६ मा यू-१९ एसिया कपमा श्रीलंकासँग भिडेको थियो। त्यसबेला नेपाल जित नजिक पुगेर पनि १ रनले पराजित भयो।
नेपाली टोली
रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिश जिसी।
प्रशिक्षकः विनोद दास, ब्यवस्थापकः राजु खड्का, ब्याटिङ परामर्शदाताः अपूर्व देसाई, फिजियोः बिक्रम न्यौपाने र ट्रेनरः सुवास पात्रो ।
खेल तालिका
भदौ २०: नेपाल भर्सेस श्रीलंका
भदौ २२: नेपाल भर्सेस बंगलादेश
भदौ २४: नेपाल भर्सेस यूएई

प्रतिक्रिया