नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनानलगायतले टेरामक्स भष्ट्राचार मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतले खनालसहित प्राधिकरणका कर्मचारीहरू दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्तकोटी र सन्दीप आचार्यलाई सफाइ दिएको हो।
खनालले अध्यक्ष पदबाट राजीनामा दिएर प्राधिकरणबाट बाहिरिसकेका छन्। आचार्य, राय र हाडा प्राधिकरणका निर्देशक हुन्। यस्तै, पन्थ, मिश्र, बस्नेत, बस्ताकोटी र अधिकारी प्राधिकरणका उपनिर्देशक हुन्।
विशेष अदालतले यी कर्मचारीलाई सफाइ दिएसँगै मुद्दा दायर भएपछि २०८२ जेठ १ गतेदेखि निलम्बित भएका उनीहरू अब कार्यालय फर्किएर काम गर्न पाउनेछन्।
यस्तै, भ्यानराइस एसएएल (अफ्सोर) नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति प्रमुख कार्यकारी अधिकृत जमल अनोटी र स्थानीय एजेन्ट ट्रेडलिंक प्रालि तथा अध्यक्ष दीलिपकुमार गुरुङलाई पनि अदालतले सफाइ दिएको छ।
Shares

प्रतिक्रिया