स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गरे, तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो ।
नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट बहिर्गमन भएलगत्तै उनको शारीरिक अवस्था अत्यन्त नाजूक हुन थालेको थियो।
बेलायती उपनिवेश रोडेसीयाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन उनको मुख्य भूमिका रहेको थियो।
मुलुक स्वतन्त्र भएसँगै प्रधानमन्त्री बनेका रोबर्ट मुगाबेले प्रतिद्वन्द्वी राजनीतिक शक्तिलाई दमन गर्नुका साथै देशको अर्थतन्त्र रसातलमा पुर्याए।
झण्डै आठ वर्ष राजनीतिक बन्दीका रुपमा बिताएका मुगाबे त्यसपछि छापामार बनेका थिए। । तर मुलुक स्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उनी प्रधानमन्त्रीमा नियुक्त भए।
प्रधानमन्त्रीका रुपमा उनले शुरुआती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गरे। उहाँले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रमहरु अगाडि बढाए।
तर उनको चमक निकै तिब्र गतिमा फिका हुन थाल्यो।
मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हालेका थिए। सन् १९७४ मा जेलमुक्त हुँदा उनले उक्त युनियनको सर्वोच्च नेताका रुपमा आफूलाई उभ्याएका थिए।
याे पनि। जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको सिंगापुरमा निधन
सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकन पिपुल्स युनियन (जापु) को नेतृत्व गरेका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बताए।
मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाए। मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्यूत गरेका थिए।
मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो। यहीबीच उत्तर कोरियालीबाट तालिमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीहको हत्या गरेको थियो।
तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमिन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो।
तैपनि अफ्रिकाका अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो।
मुगाबेले आफ्नो शासनकालमा ल्याएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो।
यसैगरी, उनले मानव अधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप लागेका थिए। एएफपी

प्रतिक्रिया