ad ad

समाज


भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट

भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १५:१९,

भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्या‌ंकनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो।

मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मेधा माविलाई पुरस्कृत गर्ने शिक्षा मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीले जानकारी दिएको छ।

मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्यांकनमा मेधाले ९०।१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको केन्द्रले जानकारी दिएको छ।

त्यस्तै गुल्मीस्थित रेसुङ्गा माविले ८६.३४ नम्बर ल्याएर दोस्रो र काठमाडौँको बालाजुस्थित तरुण मावि ८६.३२ नम्बरसहित तेस्रो भएको छ। संस्थागततर्फ भने रिलायन्स इण्टरनेशनल एकेडेमी कपन काठमाडौं प्रथम, नेपाल प्रहरी मावि साँगा काभ्रे दोस्रो र भ्याली भ्यू इङ्लिस स्कूल नयाँबानेश्वर काठमाडौँ तेस्रो भएको छ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत १२ कक्षासम्म सञ्चालित विद्यालयबाट सामुदायिकतर्फ कास्की पोखराको अमरसिंह मावि प्रथम, मोरङ इन्द्रपुरको सुकुना मावि द्धितीय र पर्वत फलेवासको भवानी विद्यापीठ तृतीय भएका छन्।

संस्थागततर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे साँगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माइतीघर काठमाडौँ तृतीय भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .