नेपाली सेनाले काठमाडौंमा पृतनापति सम्मेलन बोलाएको छ। सेनाको तीनदिने पृतनापति सम्मेलन शुक्रबार देखि सुरु हुनेछ।
सम्मेलनमा वर्तमान सुरक्षा चुनौती र भावी रणनीतिका बारेमा छलफल हुनुका साथै प्रधानसेनापतिले आफ्नो एक वर्षे कार्यकालमा लागु गरेका नीतिको बारेमा समेत समिक्षा हुनेछ। सेनाले प्रत्येक वर्ष पृतनापति सम्मेलन गर्ने गर्दछ।
सम्मेलनमा पुर्वी पृतनापति उपरथी अनन्त कार्की, मध्यपुर्वी पृतनापति नरेशचन्द्र भट्ट,मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति निरन्जन श्रेष्ठ,पश्चिम पृतनापति काजिबहादुर कार्की, उत्तरपश्चि पृतनापति सरोजप्रताप राणा,मध्यपृतनापति सिताराम खड्का र सुदुरपश्चिम पृतनापति बालकृष्ण कार्कीसहित पिएसओज सहभागी हुँदैछन्।
प्रतिक्रिया