समाज


देशभर मौसम बदली, हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना

देशभर मौसम बदली, हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १:२८,

आज (मंगलबार) देशभर मौसम बदली भई केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य, पूर्व र पश्चिमका केही स्थानमा वर्षा भइरहेको हो।

यस्तै दिउँसो पनि देशभर बदली भई केही स्थानमा मेघ गर्जन/चट्याङसहित पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन्।

साथै पूर्वी र मध्य पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  जारी गर्दै महाशाखाले भनेकाे छ- देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध छ|

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .