ad ad

समाज


दूधकोशी हाइड्रोपावरको स्काभेटरमा आगजनी

दूधकोशी हाइड्रोपावरको स्काभेटरमा आगजनी

नेपालखबर
असार १, २०७६ आइतबार ७:४१,

 सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ।

सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको स्काभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

घटना गएरातिको भए पनि बिहान ७ बजे मात्र थाहा भएको थियो। घटना भएको १५ मिटर नजिक प्रेसरकुकर बम रहेकाले त्यसलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली इटरीबाट आउँदै गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .