भारत र पाकिस्तानबीच आइतबार हुने आइसिसी विश्वकप २०१९ को खेलको टिकट मुल्य ६० हजार रुपैयाँसम्म पुगेको छ।
सन् २०१३ पछि कुटनीतिक कारणले भारत र पाकिस्तान आइसिसी र एसिसीकाका खेलहरुमा मात्रै आमने सामने हुने गर्छन्।
इंग्ल्याण्डमा लाखौंको संख्यामा भारत र पाकिस्तानी देशका मानिसहरु बस्ने गर्छन्। त्यसैकारण पनि यी दुई देशबीचको खेलको टिकटको मुल्य अत्याधिक महँगो भएको हो।
२० हजार दर्शक क्षमताको ओल्ड ट्रफोर्ड स्टेडियममा हुने खेलको टिकट खेलेको केहीबेरमै सकिएको थियो तर त्यसबेला टिकट किन्नेहरु अहिले बेच्दै ठूलो मुनाफा कमाईरहेका छन्।
मानिसहरुबाट टिकट लिदैँ पुनः विक्री गर्ने वेबसाइट वियागोगोका अनुसार उसको ४८० टिकट पुनः विक्रिका लागि आएका थिए। जसमा ब्रान्ज, गोल्ड, प्लेटिनम र सिल्भर गरी चार प्रकारका टिकटहरु थिए।
उक्त वेबसाइटका अनुसार १७ हजार रुपैयाँ लिएर ब्रान्ज र २७ हजार रुपैयाँमा सिल्भर श्रेणीका टिकटहरुको विक्री सकिएको छ। तर, कम्पनीले ती टिकटहरु कतिमा किनेको थियो भन्ने चाँही खुलाएको छैन्।
शुक्रबारसम्म बेवसाइटमा ५८ गोल्ड र ५१ प्लेटिनम श्रेणीका टिकटहरु उपलब्ध थिए। जसको मुल्य ४७ हजार देखि ६२ हजार रुपैयाँसम्म तोकिएको थियो।
भारतले पाकिस्तानपछि अफगानिस्तानसँग खेल्नेछ। उक्त खेलको टिकटको पुनः विक्रि मुल्य ७ देखि १५ हजार रुपैयाँसम्ममात्रै छ। यस्तै लगत्तै हुने इंग्ल्याण्डविरुद्धको खेलको टिकटको पुनः विक्रि पनि २० हजार देखि ४५ हजार रुपैयाँमात्रै छ।
प्रतिक्रिया