ad ad

समाज


प्रगतिशील पत्रकार संघ भन्छ: पुडासैनी प्रकरणकाे अनुसन्धानमा आग्रह पूर्वाग्रह नदेखियाेस्

प्रगतिशील पत्रकार संघ भन्छ: पुडासैनी प्रकरणकाे अनुसन्धानमा आग्रह पूर्वाग्रह नदेखियाेस्

नेपालखबर
भदौ ८, २०७६ आइतबार १४:४२,

प्रगतिशील पत्रकार संघ, नेपालले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रहरणमा दोषी नउम्किने र निर्दोष नफस्ने गरी अनुसन्धान अघि बढाउन आग्रह गरेको छ। घटनाको निष्पक्ष र न्यायिक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि संघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

संघको हालै बुटवलमा सम्पन्न बैठकले ‘कुनै प्रकारको आग्रह-पूर्वाग्रह नराखी उक्त घटनाका दोषी नउम्किने र निर्दोष नफस्ने गरी अनुसन्धान अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरेको अध्यक्ष नारायण शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सो प्रकरणमा न्यूज २४ को कार्यालयमै गएर कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको कार्यशैलीप्रति संघले आपत्तिसमेत जनाएको छ।

यस्तै, सरकारले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु तत्काल फिर्ता गरी सरोकारवाला पक्षहरुसँग छलफल गरेर मात्र अगाडि बढाउन सरकारसँग जोडदार माग गरिएको छ।

मुलुकमा क्रियाशील अन्य सञ्चार संगठनहरुसँग विगतमा गरिएका गठबन्धन र सहकार्यलाई अनुमोदन गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहकार्य गर्ने निर्णय संघले गरेको छ।

प्रगतिशील पत्रकार संघ, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी २०७७ साल जेठभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ। राष्ट्रिय सम्मेलनलाई लक्षित गरी यही २०७६ भदौदेखि चैतसम्म देशव्यापी संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

त्यस्तै, २०७६ मंसिर महिनासम्ममा प्रगतिशील पत्रकार संघ नेपालका प्रदेशस्तरीय भेला/अन्तरकृया गर्ने निर्णय पनि संघले गरेको छ। जसअनुसार प्रदेश नं १ मा असोज पहिलो साता, प्रदेश नं ३ मा भदौको अन्तिम साता, गण्डकीमा असोजको अन्तिम साता, प्रदेश नं ५ मा मंसिरको पहिलो साता, कर्णाली प्रदेशमा मंसिरको दोस्रो साता र सुदूरपश्चिममा कार्तिकको अन्तिम सातामा प्रदेशस्तरीय भेला, अन्तरकृया गर्ने निर्णय गरिएको छ। प्रदेशस्तरीय अन्तरकृयाका लागि ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार रक्षाको प्रश्न’ विषय तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .