प्रहरीले विमानभित्रै चोरी गरेको आरोपमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू राहदानी नम्बर इजी ६८४२७२२ बाहक मा क्युवोइ र राहदानी नम्बर इजी ५७४२५२३ बाहक हु जिहोङ रहेका छन्।
उनीहरुलाई प्रहरीले शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको थियो।
शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका ती दुई चिनियाँ नागरिक चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ।

प्रतिक्रिया