नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुवै देशले मान्यता दिने सहमति गरेपछि नेपाली निजी क्षेत्र खुसी देखिएको छ।
हालै काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमामा मान्यता पाउने सहमति गरेका हुन्।
भारतीय सरकारको ‘फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया’को हालैको निर्णयअनुसार नेपालको ‘नेशनल फुड एण्ड फिड ल्याब्रोटरी’ काठमाडौंले भारत सरकारको फुड सेफ्टी एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरी मान्यता दिनेसम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भइरहेको वस्तुहरुमध्ये करिब २४ वस्तुहरु खाद्यपदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउने कदमको चेम्बरले सकारात्मक रुपमा लिएको छ। यसबाट गैरभन्सार अवरोधलगायत प्रक्रियागत झन्झट कम हुन गई व्यापारघाटा कम गर्न पनि योगदान पु¥याउने आशा गरेको चेम्बरले जनाएको छ।
सो निर्णयअनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, विस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्ड होलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथा मासुजन्य पदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफी, मह, ताजा फलफूल र तरकारी छन्।
जारी गरिएको परिपत्रमा नेपालको नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज काठमाडौंले एनएबीएलले तोकेको मापदण्डअनुसार एक्रिडिटिसन एक वर्षभित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनुपर्ने कुरातर्फ समेत उल्लेख गरेको छ।

प्रतिक्रिया