समाज


तनहुँमा पहिरोले घर पुर्‍यो, दुई जनाको मृत्यु, तीन घाइते

तनहुँमा पहिरोले घर पुर्‍यो, दुई जनाको मृत्यु, तीन घाइते

नेपालखबर
असार १७, २०७८ बिहिबार ३:४९,

तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

बन्दीपुर गाउँपालिका-३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति पहिरोले घर पुरिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्। पहिरोका कारण गाउँका अन्य चार घर जोखिममा परेका प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ। घर माथिबाट खसेको पहिरोले घर पुर्दा दुखद् घटना भएको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्।

घटनास्थल जाने बाटो पनि पहिरोले अवरुद्ध भएका कारण आफूहरु हिँडेर घटनास्थल तर्फ गइरहेको उनले बताइन्। रासस

यो पनि  लगातार वर्षा, कहाँ–कहाँ बाढीको खतरा? (३ दिनसम्मको अनुमानसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad