रातिदेखि नै देशका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार तनहुँका बन्दीपुर, विमलनगर र सखर तथा चितवनको कालीखोला वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन गरिएको छ। यसर्थ उक्त क्षेत्रका नदीमा बाढी आउने तथा पहिरो जाने जोखिम बढिरहेको छ।
यसैगरी यसैगरी सिन्धुलीस्थित कुसुन्तार मरिनखोला वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन गरिएको छ। मरिन कुसुन्तार र बागमती राईगाउँ, पधेँरादोभानलगायत बाढी मापन केन्द्रमा जल सतह बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा दिउँसोसम्मै उच्च सकर्तता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ।
6
Shares

प्रतिक्रिया