समाज


पाल्पामा रैथाने धान लोप हुँदै

पाल्पामा रैथाने धान लोप हुँदै

नेपालखबर
असार १६, २०७८ बुधबार ३:१३,

पछिल्लो समय पाल्पामा रैथाने जातका धान लोपो हुने अवस्थामा पुगेको छ।

स्थानीय विभिन्न जातका धान खाँदा मिठो स्वादका भए पनि उत्पादन कम हुने र वर्णशंङ्कर जातका धानको उत्पादन बढी हुने भएपछि कृषकले रैथाने जातका धान रोप्न छाडेका हुन्। जसको कारण रैथाने जातका धानको बिउ नै लोप हुने अवस्थामा पुगेको छ।

पहिले–पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको कृषकहरुको भनाई छ।

पछिल्लो समय बजारमा पाइने विभिन्न थरीका धानको बीउबाट उत्पादन धेरै हुने तथा पानी कम लाग्ने भएपछि कृषकको यसतर्फ आकर्षण बढेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख पाण्डेयले बताए। उनका अनुसार उत्पादन बढी, धानको नल छोटो र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित भएका छन्।

सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल चारलगायतका धानखेतीमा यस क्षेत्रका कृषकको आकर्षण देख्न सकिन्छ।

नयाँ उन्नत जातका धानको बीउमा किरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिलेपहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । कृषकले धेरै उत्पादन हुने र प्रविधिको प्रयोगबाट छिटोछरितो ढङ्गले खेती गर्ने प्रणाली अपनाउन थालेका छन्।

पुराना धानबाट खाना स्वादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ कृषकको ध्यान कम जान थालेको कृषक हुमादेवी देवकोटाले बताइन्।

चाहिएको बेला आकाशबाट सिँचाइका लागि पानी नपर्ने र सजिलै पानी उपलब्ध नहुने ठाउँमा पानी कम लाग्ने भएका कारण पनि कृषकले धुलोमा बीउ राख्ने र वर्णसङ्कर धान रोप्ने गर्दछन् । बेलाबेला पानी बोकेर धानमा राख्ने कृषकको भनाइ छ।

पछिल्लो समय वर्णसङ्कर जातको भनेपछि धेरै फल्ने लोभमा कृषक प्रभावित भएको रामपुरका कृषक सूर्यप्रसाद रेग्मी बताउँछन् । वर्णसङ्कर भन्दा पुराना जातका धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्व कृषकले बुझ्न नसकेको उनले बताए।

पाल्पामा वर्णसङ्कर जातका धान रोपे पनि बजारका स्वादिला चामल किनेर खाने गर्दछन् । आफूले उत्पादन गरेका धान बिक्री गरी बासमतीलगायतका केही चामल बजारबाट खरिद गरी कृषकले नै प्रयोग गर्ने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad