समाज


पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नेपालखबर
असार १६, २०७८ बुधबार २:४१,

तनहुँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुमा सडकमा पहिरो खस्दा बुधबार बिहानदेखि यातायात चल्न सकेका छैनन्।

अविरल वर्षापछि सडकमा पहिरोसहितको लेदो माटो खसेको प्रहरी चौकी थर्पुका सई कृष्णबहादुर बानियाँले जानकारी दिए। पहिरोमा एउटा ट्रक पनि फसेको छ।

सडकको पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पहिरोको कारण सडकको दुबैतर्फ सवारी साधनको लाम लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad