समाज


किम अचानक दुब्लाएपछि चिन्तामा परे उत्तर कोरियाली नागरिकहरु

किम अचानक दुब्लाएपछि चिन्तामा परे उत्तर कोरियाली नागरिकहरु

नेपालखबर
असार १४, २०७८ सोमबार ६:४१,

पछिल्लो समय सार्वजनिक भएको भिडिओमा किम दुब्लाएको देखिएपछि त्यहाँका नागरिक उनमा स्वास्थ्य समस्या भएको आशंका गर्दै चिन्तामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

३७ वर्षका किम एक महिना सार्वजनिक समारोहमा अनुपस्थित थिए। एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदा उनको शरीरमा अचानक बदलाव देखिएको हो।

उत्तर कोरियाको सरकारी संचारमाध्यम केआरटीका अनुसार उत्तर कोरियाका नागरिकहरु किमको दुब्लोपनपछि स्वास्थ्य चिन्तामा परेका हुन्।

केआरटीले किम कसरी दुब्लाए भनेर केही खुलाएको छैन। किम मोटोपनका कारण बिरामी पर्दै आएका थिए।

गतवर्ष त किमको हृदयघातका कारण निधन नै भएको हल्ला चलेको थियो। यसबीचमा किमले स्वस्थ रहन वजन घटाएको पनि चर्चा चलिरहेको छ।

Has Kim Jong-un lost weight? How his IWC watch strap offers telling clues  about the North Korean leader's health (and waistline) | South China  Morning Post

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad