समाज


वडाध्यक्षले कार्यकक्षमै इन्जिनियरलाई कुटे, काम रोकेर कर्मचारी आन्दोलनमा

वडाध्यक्षले कार्यकक्षमै इन्जिनियरलाई कुटे, काम रोकेर कर्मचारी आन्दोलनमा

नेपालखबर
असार १४, २०७८ सोमबार ४:४,

जाजरकोटको शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले गाउँपालिकाका इन्जिनियरलाई कार्यकक्षमै कुटपिट गरेका छन्।

सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई वडाध्यक्ष खत्रीले आइतबार कार्यकक्षमै कुटपिट गरेका हुन्। तर, खत्रीले आफूले इन्जिनियरलाई कुटपिट नगरेको दाबी गरेका छन्। उनले विज्ञप्ति निकाल्दै यस्तो दाबी गरेका हुन्। आफूले राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह मात्रै गरेको उनको भनाई छ।

‘स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो मात्रै गरेको हुँ, तर सब–इञ्जीनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गर्नुभयो,’ शाहीले भने।

वडाध्यक्ष खत्रीले भने वडा कार्यलयको प्राविधिक कार्यकक्षमै आफूमाथि कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको आरोप लगाएका छन्। शाहीको मुखमा समेत चोट लागेको बताइएको छ। ‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो । मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो । त्यसपछि भागेर ज्यान जोगाएँ’, शाहीले टेलिफोनमा भने।

खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। आफ्नो वडाभन्दा बाहिरको काम राम्रो गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै आफूमाथि वडाध्यक्षले हातपात गरेको शाहीको आरोप छ।

सब–इञ्जीनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन्।

‘राष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानूनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ,’ कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिटको विरोधमा हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad