समाज


एमडीजीपीमा सिट निर्धारण नहुने

एमडीजीपीमा सिट निर्धारण नहुने

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १५:४९,

नेपाल मेडिकल काउन्सिलले आगामी शैक्षिक सत्रदेखि एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) का लागि अन्य विषयका विभागलाई गणना गरेर सिट निर्धारण गर्ने परम्पराको अन्त्य गरेको छ।

‘एमडी जनरल प्राक्टिस’ विषयमा भर्ना गर्दा अन्य विभागलाई देखाएर विद्यार्थी भर्ना गर्ने यसअघि परम्परा रही आएको थियो। काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले अन्य विषयका विभागलाई देखाएर विद्यार्थी भर्ना गर्न पाउने प्रावधान खारेज गर्ने निर्णय गरिएको जानकारी दिए।

उनले भने, ‘शल्यचिकित्सा, स्त्रीरोग, बालरोग, हाडजोर्नीलगायत विभाग देखाएर एमडीजिपी विषयमा विद्यार्थी भर्ना हुने परम्पार थियो। यसलाई खारेज गरेका छौँ। आगामी शैक्षिकसत्रदेखि एमडिजिपीकै विभाग अनिवार्य गरिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .