समाज


अंश विवाद : सुतिरहेका बुबाको मसला कुट्ने खल प्रहार गरी हत्या

अंश विवाद : सुतिरहेका बुबाको मसला कुट्ने खल प्रहार गरी हत्या

नेपालखबर
असार ११, २०७८ शुक्रबार ६:५४,

धनुषामा घरायसी विवादमा आफ्नै छोराले बुबाको हत्या गरेका छन्।

धनुषाको धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवको उनकै कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले हत्या गरेको प्रहरीले जनाएको छ।

घरायसी विवादमा छोरा श्रीकृष्णले बुबालाई मसला कुट्ने खलले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।

उनका अनुसार राति भजनकीर्तनबाट आएका विशो दलानमा सुतेका थिए।

बिहान ७ बजे उनको हत्या भएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनामा संलग्न छोरा श्रीकृष्णलाई प्रहरीले बिहानै घरबाट पक्राउ गरेको छ।

मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको र छोरा श्रीकृष्णलाई हिरासतमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ठाकुरले बताए ।

स्थानीयका अनुसार मृतक विशोका तीन छोरा छन्। बुबासँग कृष्णको अंशसम्बन्धी विवाद हुने गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .