झापामा माइखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।
बिहीबार दिउँसो खोला तर्ने क्रममा एक जना बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि बेपत्ता भएका हुन्। खोला तर्ने क्रममा सरदार बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय झिलभिले, प्रहरी चौकी माइधार र स्थानीयवासीले बेपत्ता सरदारको खाजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया