समाज


जुवा खेलाउने वातावरण बनाइदिन प्रहरीलाई ४० हजार घुस!

जुवा खेलाउने वातावरण बनाइदिन प्रहरीलाई ४० हजार घुस!

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १३:१९,

जुवातास खेलाएको आरोपमा पक्राउ परेर छुटेका एक ब्यक्तिले आफ्नो घरमा जुवा खेलाउने वातावरण मिलाइदिन प्रहरीलाई घुस दिने प्रयास गरेका छन्।

सुर्यबिनायक नगरपालिका–५ सल्लाघारीका गंगालाल श्रेष्ठले आफ्नो घरमा जुवातास खेलाउने व्यवस्थाका लागि प्रहरीलाई ४० हजार घुस दिन खेजेका हुन्। घुस रकमसहित प्रहरी कार्यालयमा आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिहरू समेतलाई नियन्त्रणमा लिई मुद्दा चलाएकोमा श्रेष्ठ धरौटीमा छुटी पुनः जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु पर्‍यो भनि प्रहरीलाई घुस दिन खोजेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad