समाज


गतवर्ष ८ हजार ५ सय बालबालिका लडाकु बनाइए, जसमध्ये २७ सयको गयो ज्यानः राष्ट्रसंघ

गतवर्ष ८ हजार ५ सय बालबालिका लडाकु बनाइए, जसमध्ये २७ सयको गयो ज्यानः राष्ट्रसंघ

नेपालखबर
असार ८, २०७८ मंगलबार १२:५४,

राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले सोमबार धेरै विश्वका धेरै स्थानमा बालबालिकालाई लडाकु बनाइएको जानकारी दिएका हुन्।

सुरक्षा परिषदमा प्रस्तुन गरिएको वार्षिक प्रतिवेदनको विषयमा जानकारी दिँदै गुटेर्रेसले सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोग भएको, उनीहरु अपहरणमा परेको साथै उनीहरुमाथि यौन हिंसा भएको विषयमा धारणा राखे।

राष्ट्रसंघका अनुसार गतवर्ष सोमालिया, डीआर कंगो, अफगानिस्तान, सिरिया र यमनमा भएका २१ द्वन्द्वमा बालबालिकामाथि हिंसा भएको छ भने उनीहरुलाई सो द्वन्द्वमा लडाकु बनाइएको छ।

राष्ट्रसंघका अनुसार ८ हजार ५२१ बालबालिकालाई ती देशमा लडाकुको रुपमा प्रयोग गरियो भने २६ सय ७४ बालबालिकाको युद्धको क्रममा मृत्यु भयो।

यस्तै अन्य घटनामा ५ हजार ७४८ बालबालिका घाइते भएका छन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .