समाज


राशिफल २५ असार : सिंहको रोकिएका काम अघि बढ्ने, मिथुनको प्रेम सम्बन्ध प्रगाढ बन्ने, तपाईँको दिन कस्तो?

राशिफल २५ असार : सिंहको रोकिएका काम अघि बढ्ने, मिथुनको प्रेम सम्बन्ध प्रगाढ बन्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
असार २५, २०८३ बिहिबार ४:९, काठमाडौँ

बिहीबार, २५ असार २०८३ (९ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: स्थान परिवर्तन वा शुभकार्यको अवसर मिल्न सक्छ। सहयोगीहरूको साथले सोचेजस्तै काम सम्पन्न हुने सम्भावना छ। बोलीको प्रभावले रोकिएका काम अघि बढ्नेछन्। केहीका लागि सन्तान सुखको शुभ संकेत पनि देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५२, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। शरीरमा स्फूर्ति र उत्साहको कमी महसुस हुन सक्छ। बाटोमा विशेष सावधानी अपनाउनु उचित हुनेछ। प्रेम सम्बन्धमा शंका वा अविश्वास बढ्न सक्छ। तर मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४४ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन: बुद्धिमत्ताको सही प्रयोगले लक्ष्य हासिल गर्न सहज हुनेछ। मनपर्ने व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। रोकिएका काम पूरा हुने तथा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: सफलता र नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आफन्तजनबाट राम्रो सहयोग मिल्नेछ। सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सहयोगीको साथले सोचेजस्तै काम सम्पन्न हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५६, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। आफन्त तथा परिवारजनबाट विशेष सहयोग र लाभ प्राप्त हुनेछ। साझेदारी तथा व्यापारिक क्षेत्रबाट राम्रो प्रतिफल मिल्नेछ। सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६४, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: दिन अपेक्षाअनुसार सहज नहुन सक्छ। मानसिक दबाब र तनाव बढ्न सक्छ। प्रेम सम्बन्धमा सामान्य असमझदारी आउन सक्ने संकेत छ। सकारात्मक सोच र धैर्य राख्नेहरूका लागि विस्तारै अनुकूल परिणाम प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४४, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: लामो समयदेखि रोकिएका काम पूरा हुने सम्भावना छ। पराक्रम बढ्नेछ र धनलाभका अवसर प्राप्त हुनेछन्। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। यात्राको अवसर मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७१, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: नयाँ सम्बन्ध विस्तार हुने सम्भावना छ। मन मिल्ने साथीको साथ र सहयोग प्राप्त हुनेछ। शुभचिन्तकको साथले आत्मविश्वास बढ्नेछ। सेयरबजार त्यति फलदायी देखिँदैन।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५८, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: आफ्नो दक्षता र अनुभवका आधारमा कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। प्रियजनको सहयोगबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ। मनपर्ने वस्त्र वा उपहार प्राप्त हुने सम्भावना छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ। प्रतिस्पर्धाबाट अपेक्षित उपलब्धि नआउन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: समयको सही व्यवस्थापन गर्दै अघि बढ्नु आवश्यक देखिन्छ। हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ। सामान हराउने वा छुट्ने सम्भावना रहे पनि विपरीत लिङ्गबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्ने योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कुम्भ: आँटेका र योजनाबद्ध कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। सांस्कृतिक तथा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। महिलाबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा राम्रो सफलता प्राप्त हुने सम्भावना छ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ。 प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६४, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन: आफ्ना समस्या साझा गर्दा साथ दिने व्यक्तिहरू भेटिनेछन्। छरछिमेकमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि दिन सुखद र उत्साहजनक रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad