ad ad

राजनीति


सर्वोच्चको आदेश अप्रत्याशित : एमाले

सर्वोच्चको आदेश अप्रत्याशित : एमाले

नेपालखबर
असार ८, २०७८ मंगलबार ११:५६,

नेकपा-एमालेले सर्वोच्च अदालतको आदेशले राष्ट्रिय राजनीतिलाई थप जटिल बनाएको बताएको छ।

सर्वोच्च अदालतको आदेशलाई अप्रत्याशित भन्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसले राजनीतिलाई थप जटिल बनाएको बताए।

‘अदालतको फैसला अप्रत्याशित छ। यसले राष्ट्रिय राजनीतिलाई थप जटिल बनाएको छ,’ ज्ञवालीले नेपालखबरसँग भने।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा मंगलबार अन्तरिम आदेश दिँदै जेठ २१ र जेठ २७ गते नियुक्त भएका मन्त्रीहरुलाई पदमुक्त गर्न आदेश दिएको हो।

कामचलाउ भइसकेका प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार अवैधानिक भनी सर्वोच्च अदालतमा परेको रिटमाथि सो आदेश दिइएको हो।

यसअघि सांसद नभएकालाई मन्त्री बनाएको भनी परेको रिटमा पनि सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनीहरु पदमुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .