टेलिभिजन प्रस्तोता रवि लामिछानेले हाल हिरासतमा रहेकी ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौलालाई बेथितिविरुद्ध बोलेको रिस नपोख्न चेतावनी दिएका छन्।
अभद्र व्यवहार आरोपमा गिरफ्तार गरिएका ज्वाला संग्रौलासहितका व्यक्तिलाई भेट्न आफू महानगरीय प्रहरी परिसर (टेकु) पुगेको तर राति (आइतबार) अबेला भएकाले भेट गर्न नदिइएको लामिछानेले बताएका छन्।
जाहेरीमा उल्लेख भएबमोजिम उनीहरूविरुद्ध लगाइएको आरोप प्रमाणित भए कडा सजाय दिन, अन्यथा विगतमा बेथितिविरुद्ध बोलेको रिस फेर्न झुटो मुद्दा नलगाउन उनले चेतावनी दिएका हुन्।
यस्तो छ लामिछानेको भनाइ
ज्वाला संग्रौलासहित अन्य केही व्यक्तिहरूमाथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाएपछि थप जानकारी लिन टेकु पुगेको थिएँ। कार्यक्रम सकेर जाँदा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन। जाहेरीमा उल्लेख भएबमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडाभन्दा कडा सजाय दिइयोस्। तर विगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यही मौकामा फेर्न, मुद्दामाथि मुद्दा चलाउने दाउचाहिँ नरचियोस् है। न्यायको समान अवसर दुवै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ छु।
यो पनि : खगेन्द्र संग्रौलालाई प्रश्न : ‘ज्वाला संग्रौला तपाईंकी छोरी हुन्?’
प्रतिक्रिया