दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ संक्रमणबाट पाँच लाखभन्दा बढीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्वमा कोभिड–१९बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ। खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी विज्ञले दिएका छन्।
राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक दूरीसहितका सावधानीका उपाय अस्वीकार गर्दै जाँदा ब्राजिलमा सङ्क्रमण फैलिरहेको छ । ब्राजिलमा अहिलेसम्म मात्रै १५ प्रतिशत वयश्कले पूर्णरुपमा खोप लगाएका छन्।
ब्राजिलमा सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन गरेका प्रयास पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस सम्बन्धमा संसद्ले अनुसन्धान गरिरहेको छ । ब्राजिलमा कुल सङ्क्रमितको संख्या एक करोड ७८ लाख ८३ हजारभन्दा बढि पुगेको छ। एजेन्सी
प्रतिक्रिया