ad ad

खेल


युरोकपः इटालीसँग हारे पनि वेल्सले बनायो अन्तिम १६ मा स्थान

युरोकपः इटालीसँग हारे पनि वेल्सले बनायो अन्तिम १६ मा स्थान

नेपालखबर
असार ६, २०७८ आइतबार १८:१३,

इटालीसँग पराजित भए पनि वेल्स युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ। समूह चरण अन्तर्गत आइतबार राति भएको समुह ए को खेलमा वेल्स इटालीसँग १–० ले पराजित भए पनि अघिल्लो चरण प्रवेश गरेको हो।

समूह चरण अन्तर्गतकै अर्को खेललमा स्विटजरल्याण्डले टर्कीलाई ३–१ ले हराए पनि गोल अन्तरमा अघि रहँदै वेल्स नकआउट चरणमा पुगेको हो।

यसअघि नै अन्तिम १६ मा पुगिसकेको इटाली समुह चरणमा ९ अंक जोड्दै अपराजित रुपमा अघिल्लो चरण प्रवेश गरेको हो।

घरेलु मैदान रोममा भएको खेलमा इटालीले वेल्सलाई १–० गोल अन्तरले हराएको हो। इटालीका लागि खेलको ३९ औँ मिनेटमा माटियो पेसीनाले गरेको गोल नै निर्णायक बन्यो। पेसीनाले मार्को भेराट्टीको फ्रिकिकमा गोल गर्न सफल भएक हुन्।

समूह चरण अन्तर्गतकै अर्को खेलमा स्विटजरल्याण्डले टर्कीलाई ३–१ गोल अन्तरले पाखा लगायो। अघिल्लाो चरण पुग्नका लागि दबाबमा रहेको स्विटजरल्याण्डले टर्कीलाई हराएको हो। समूह चरणका सबै खेलमा पराजित टर्की भने विना अंक बाहिरियो।

अन्तिम खेलमा टर्कीलाई पराजित गरेको स्विटजरल्याण्डले अघिल्लो चरण प्रवेशको सम्भावना जीवितै राखेको छ। स्विटजरल्याण्डले अब अन्तिम १६ मा स्थान बनाउन अन्य टोलीको नतिजा समेत कुर्नुपर्नेछ।

Wales Eurocup16 1

समुह चरणको शीर्ष स्थानमा रहँदै इटाली र वेल्सले अघिल्लो चरणमा स्थान बनाएका छन्।

स्विटजरल्याण्डको जितमा जद्रान साकिरीले दुई तथा हरिस सेफेरोभीकले एक गोल गरे।

सेफेरोभीकले खेलको छैटौँ मिनेटमा गोल गर्दै स्विटजरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। २६औँ मिनेटमा जद्रानले अग्रता दोब्बर पारे। खेलको ६२औँ मिनेटमा टर्कीका इफान काभेसीले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए। तर त्यसको ६ मिनेटमा नै साकिरिले अग्रता फराकिलो पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .