समाज


जगदम्बा उद्योगमा आगलागी : २ भारतीय मजदुरको मृत्यु, ३ घाइते

जगदम्बा उद्योगमा आगलागी : २ भारतीय मजदुरको मृत्यु, ३ घाइते

नेपालखबर
असार ६, २०७८ आइतबार ०:५५,

बाराको सिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा आगलागी हुँदा दुईजना भारतीय मजदुरको मृत्यु भएको छ। घटनामा अन्य ३ जना घाइते भएका प्रहरीले जनाएको छ।

जीतपुरसिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा शनिबार राति आगलागी भएको हो। आगलागीमा परेर भारतको विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

 घटनामा नेपाली मजदूर राजकुमार बिश्वकर्मा, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते भएका छन्। घाइतेमध्ये एकको अववस्था गम्भीर छ।

पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा ट्यांकी पड्किएको र त्सपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ। घाइते मजदुरको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।

आगलागीबाट उद्योगमा धेरै क्षति पुगेको सन्चालक पवन गुप्ताले बताए। उद्योग प्रशासनले मजदुरको सुरक्षामा लापरबाही गर्दा आगलागी भएको गुनासो मजदुरले गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad