भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य द्रुत गतिमा सुधार भइरहेको उनको निजी सचिवालयले जनाएको छ।
नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाललाई ज्वरो र खोकी निको भइसकेको छ भने अक्सिजन सपोर्ट पनि हटाइसकिएको छ।
‘नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ,’ स्वकीय सचिव भट्टराईले भनेका छन्, ‘अन्य समस्याहरूको उपचार चलिरहेको छ।’
हालै कोरोनाको संक्रमणबाट मुक्त भएका पूर्वप्रधानमन्त्री खनाललाई फेरि स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ‘पोस्ट कोभिड’ भएको आशंका गरिए पनि अन्य थप समस्या देखिएकाले थप उपचारका लागि यही असार २ गते उनी दिल्ली गएका हुन्।

प्रतिक्रिया